वैदेशिक सहायता प्रतिवद्धता ३२.७ प्रतिशतले घट्यो, आठ महिनामा एक खर्ब २६ अर्ब प्राप्त 

चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो आठ महिनामा वैदेशिक सहायता प्रतिवद्धता गत वर्षको तुलनामा ३२।७ प्रतिशतले घटेको छ। 

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालले कूल १ खर्ब २६ अर्ब ७ करोड रुपैयाँ बराबरको आर्थिक सहायता प्राप्त गरेको छ। 

अघिल्लो आर्थिक वर्ष २०७७र७८ को सोही अवधिमा नेपालले १ खर्ब ८७ अर्ब ४३ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिवद्धता प्राप्त गरेको थियो। 

चालु आर्थिक वर्ष प्राप्त वैदेशिक सहायता प्रतिवद्धतामध्ये अनुदान सहायता ९ अर्ब ४६ करोड रुपैयाँ र ऋण सहायता १ खर्ब १६ अबै ६१ करोड रुपैयाँ रहेको छ। 

वैदेशिक सहायता प्रतिवद्धतामा अनुदान र ऋणको अंश क्रमसः ७.५ प्रतिशत र ९२.५ प्रतिशत रहेको छ। 

कुल वैदेशिक सहायता प्रतिबद्धतामध्ये आइएमएफ, एशियाली विकास बैंक र विश्व बैंकबाट क्रमसः ३७ प्रतिशत, २१.८ प्रतिशत र १६.६ प्रतिशत रहेको छ। 

 

प्रकाशित मिति: : 2022-04-20 18:00:00

प्रतिकृया दिनुहोस्