काबुलमा विस्फोट : छ जनाकाे मृत्यु, केही घाइते

file photo
file photo

अफगानिस्तानको विद्यालयमा आक्रमणकारीहरुले दुई विस्फोटन गराएका छन्। घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको र अरु केही घाइते समेत भएको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन्। काबुलको पश्चिमी क्षेत्रमा भएका विस्फोटनका घटना मध्ये पहिलो विस्फोटन मुम्ताज विद्यालयमा भएको हो। 

त्यसैगरी दोस्रो विस्फोटन भने राजधानी काबुलकै डाश्त ए बार्ची जिल्लामा भएको हो। त्यो पनि विद्यालय नजिकै भएको थियो। दुवै विस्फोटनका घटनामा परी घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जनाएका छन्। 
 

प्रकाशित मिति: : 2022-04-19 13:41:00

प्रतिकृया दिनुहोस्