पूर्वी युक्रेनमा रूसको बृहत हमला, दोस्रो चरणको युद्ध सुरू

बिएल संवाददाता

किभ, युक्रेन
[Alexander Ermochenko/Reuters]

रूसी सेनाले पूर्वीयुक्रेनमा ठूलो हमला गरेको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दोनबासमा रूसी सेनाले अनुमान गरेभन्दा ठूलो हमला गरेको बताएका छन्। रूसी सेनाको डटेर प्रतिकार गर्ने राष्ट्रपति जेलेन्स्कीले बताएका छन्। 

दोनबासमा रूसले ठूलो संख्यामा सेनाहरू परिचालन गरेको छ । दोनबासमा थालिएको हमला ‘दोस्रो चरणको युद्धको शुरूवात’ भएको जेलेन्स्कीका प्रमुख सहयोगीले बताएका छन्। 

युक्रेनको राष्ट्रपति कार्यालयका चिफ अफ स्टाफले दोस्रो चरणकाे युद्ध सुरू भएको बताएका छन्। पूर्वी युक्रेनमा रूसले गरेको नयाँ आक्रमणलाई संकेत गर्दै उनले युक्रेनमा दोस्रो चरणको युद्ध भएको बताएका हुन्। यसअघि युक्रेनका शीर्ष सुरक्षा अधिकारीहरूले रसियाले सोमबार बिहान आफ्नो नयाँ आक्रमण सुरू गरेको बताएका थिए। 

‘हाम्रो सेनामा विश्वास गर्नुहोस्। यो धेरै बलियो छ’, चिफ अफ स्टाफ एन्ड्री यर्माकले भने। युक्रेनी सेनाले रूसी हमलाको प्रतिकार गर्न सक्ने उनले बताएका छन्।

रूसले सोमबार युक्रेनका मुख्य सहरहरूमा मिसाइल प्रहार र गोलाबारी गरेको थियो।  ती हमलाहरूमा कम्तीमा ९ जना मारिएका छन् भने कही घाइते भएका छन्।

प्रकाशित मिति: : 2022-04-19 07:48:00

प्रतिकृया दिनुहोस्