शनिबार, १२ जुलाई २०२५

एमाले: क्व्होलासोथार अध्यक्षकाे उम्मेदवारमा गुरुङ सिफारिस

बिएल संवाददाता

बिएल संवाददाता

लमजुङ
2022-04-18 08:21:00
News Image
• • •

नेकपा (एमाले)ले लमजुङको क्व्होलासोथार गाउँपालिका अध्यक्षकाे उम्मेदवारमा सूर्यप्रसाद गुरुङलाई सिफारिस गरेकाे छ।

एमाले जिल्ला सदस्य रहेका गुरुङलाई गाउँ कमिटीले एकल उम्मेदवारमा सिफारिस गरेकाे हाे। 

यसअघि उनी गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका प्रमुख स्वकीय सचिवसमेत थिए।

उपाध्यक्षमा केशकुमारी गुरुङ, गमीमाया गुरुङ, सूचना गुरुङ र गोविन्दकुमारी गुरुङलाई माथिल्लाे कमिटीमा सिफारिस गरिएकाे छ।

नाै वटा रहेको क्व्होलासोथारमा एमालेले सात वटा वडाध्यक्ष उम्मेदवार सर्वसम्मत सिफारिस गरेकाे छ। तर, वडा नम्बर १ मा पाँच जना र ९ मा दुई जनाले दाबी गरेका छन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?