नेपाली गायक प्रकाश सपूत हजार कमाउन अमेरिका आइपुगेका छन्। त्यो हजार पनि उनले अमेरिकाका विभिन्न सहर पुगेर त्यहाँका नेपालीलाई 'पीर' सुनाउँदै १०–२० डलर जम्मा पारेर बनाउने हो। तर, उता नेपालमा भने केही दिनपछि सलमान खान आउनेछन् र करोडौ लैजाने छन्। त्यसमा नेपाली जनताको हजार हजार मात्र हैन, सरकार र व्यावसायिक घरानाको पनि लाखौ हुनेछ।
यतिबेलै नेपालमा डलर मौज्दात घटिरहेको भनिन्छ, देश टाट पल्टन लागेको भनेर आतंक पनि सिर्जना भरहेको छ। तर, भारतीय रूपैयाको बास्केटमा डलर साटिने नेपालमा करोडौ भातीय रूपैया सलमान खानले लैजान लाग्दा पनि कोही राष्ट्रवादी बोल्न सकेको छैन।
चुनावी हत्कण्डाका लागि ओली भनिरहेका छन्, नेपाल श्रीलंका हुन लागिसक्यो, केही समयपछि वृद्ध भता दिन र कर्मचारीलाई तलब दिन पनि सरकारसँग पैसा हुदैन। तर, यसो भनेर राष्ट्रिय आतंक मच्चाउने ओली सलमानले लैजान लागेको करोडौको बारेमा एक शव्द निकालिरहेका छैनन्।
अहिलेको सरकारका पर्यटनमन्त्रीले हाकाहाकी नै सलमान खानको फ्यान भएको बताइरहेका छन्। उनले आफ्नो बाबु उतै काम गरिरहेको बेला आफू पनि उतै पढेको भनेर सलमान खानसँग मुम्बैको प्रोक्सिमिटी देखाइरहेका छन्। त्यतिमात्र हैन, सलमानसँग सार्वजनिक फोनवार्ता गरिरहेका छन्, उनका भाइ सोहेललाई भेट्न होटल होटल चारिरहेका छन्।
नेपाली गायक प्रकाश सपुत हजार कमाउनका लागि 'पीर' सुनाउन अमेरिका आइपुगेका छन् । तर, उता नेपालमा भने केही दिनपछि सलमान खान आउनेछन् र 'ढिंकाचिका' देखाएर करोडौं लैजाने छन् । हामी नेपालीलाई भने रमिता छ, नेपाली पीर पनि सुन्छौ, भारतीय 'ढिंकाचिका' पनि हेर्छौं।
नेपालमा एउटा गलत भाष्य बनाउन खोजिएको छ कि सलमान नेपाल आउँदा नेपालको पर्यटन अभिवृद्धि हुन्छ। कसरी हुन्छ ? उनका अधिकांश फ्यान भारतीय युवायुवती हुन्।भारतमै गरिएको एक अध्ययनले नेपाल भ्रमण चाहने भारतीय युवायुवतीको संख्या तीन प्रतिशतको हाराहारीमा छ। उनीहरूको घुम्ने प्राथमिकतामा युरोप, अमेरिका, मरिसस, दुबइ आदि परेका छन्। तथ्य यस्तो हुँदाहुँदै पनि सलमान खानको भ्रमणले नेपालमा पर्यटन अभिवृद्धि हुन्छ भन्ने भाष्य निर्माण गर्न खोजिएको छ।
यो भाष्य निर्माणमा नेपालका तथाकथित राष्ट्रवादी दलहरू, नेताहरू, सामाजिक सञ्जाल र मूलधारका सञ्चार माध्यम सबै काँधमा काँध मिलाइरहेका छन्। उनीहरू कसैले पनि यसको सेकेण्ड ओपनियन बनाउनतिर प्रयत्न गरेका छैनन्। अरूको त के कुरा भो र, गभर्नर निलम्बनमा मिडिया ट्रायल गरेर नेपाल श्रीलंका हुन लागेको भनेर त्रास बाढ्नेहरू अफिसियल मिडिया भएका छन्। उनीहरू नेपालको करोडौं लैजान सलमान खानलाई प्रवर्द्धन गरिरहेका छन्।