पुम्दीकोट विकासका लागि भोलिदेखि महायज्ञ, ६ करोड उठाउने लक्ष्य

File photo
File photo

पोखराको पुम्दीकोट क्षेत्रको विकासका लागि भोलिदेखि महायज्ञ गर्न लागिएको छ। पोखरा–२२ स्थित पुम्दीकोटमा आइतबारदेखि १२ बैशाखसम्म महायज्ञ हुन लागेको हो।

पुम्दीकोटमा महादेवको मुर्ति निर्माण परियोजना अन्तर्गत बाँकी रहेका योजना पूरा गर्न दोश्रो पटक महायज्ञ गर्न लागिएको हो।

निर्माण कमिटीसँग अहिले करिक चार करोड ऋण छ। उक्त ऋण तिर्ने र बाँकी काम पूरा गर्न फेरि महायज्ञ आयोजना गरेको अध्यक्ष चन्द्रकान्त बरालले जानकारी दिए। सुमेरु पर्वत नामाकरण गरी कुमार, पार्वतीको मुर्ति स्थापना गर्ने, भूमेश्वर महादेवदेखि सुमेरु पर्वतसम्म, विद्युतीय कार निर्माण गर्ने, हरियाली पार्क निर्माण गर्ने, व्यवस्थित पार्किङस्थल बनाउने लगायत योजना छ।

४० करोडको उक्त परियोजना अन्तर्गत ५१ फिट अग्लो महादेवको मुर्ति, ३१ फिट अग्लो डम्मरु, कुण्ड, एक सय आठ स्वर्गद्धारी सिँढी निर्माण भैसकेको छ। 

यस्तै, एक सय आठ धारा, दुई  सय १६ शिवलिंग, शिव ताण्डव नृत्य हल, अन्तराष्ट्रिय ध्यान केन्द्र, मोनोरेलद्धारा गणेश परिक्रमा, फुलमाला बिक्री कक्षलगायत संरचना पनि बनिसकेको छ।

हालसम्म २० करोड भन्दा बढीको काम सकिएको र अझै २० करोडको काम बाँकी रहेको निर्माण समितिले जनाएको छ। महायज्ञबाट ६ करोड उठाउने लक्ष्य छ।

प्रकाशित मिति: : 2022-04-16 16:05:00

प्रतिकृया दिनुहोस्