किभ वरपर ९०० सर्वसाधारणको शव फेलाः युक्रेन प्रहरी

बिएल संवाददाता

किभ, युक्रेन

युक्रेनको राजधानी सहर किभ वरपर ९०० सर्वसाधारणको शव फेला परेका छन्।

रूसी सेना किभबाट फर्किएको एक सातापछि किभ क्षेत्रका प्रहरी प्रमुखले सो संख्यामा सर्वसाधारणको शव फेला परेको दाबी गरेका हुन्। युक्रेनी पक्षको भनाईको स्वतन्त्र पुस्टि हुन भने बाँकी छ। 

रूसले आफ्नो आक्रमण पूर्वीयुक्रेनमा केन्द्रित गरेको बताउँदै आएको छ। पूर्वीयुक्रेनमा हमला तीब्र पारेसँगै लुहान्स्क र दोनेत्स्क खाली गर्न सरकारले सर्वसाधारणलाई अनुरोध गरेको छ।

२४ फेब्रूवरीमा रूसले युक्रेनमा हमला गरेपछि लाखौँ सर्वसाधारण देश छोडेर विभिन्न मुलुकमा शरण लिएका छन्।

प्रकाशित मिति: : 2022-04-16 05:23:00

प्रतिकृया दिनुहोस्