तोलामा पाँच सयले बढ्यो सुनको भाउ

नेपाली बजारमा शुक्रबार सुनको पाँच सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको एक लाख दुई हजार रुपैयाँ कायम भएको छ।

बुधबार सुन तोलाको एक लाख एक हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। 

तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ।  

चाँदीको भाउ १५ रुपैयाँले बढेको छ। बुधबार एक हजार चार सय रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार चार सय १५ रुपैयाँ निर्धारण भएको छ।
 

प्रकाशित मिति: : 2022-04-15 11:30:00

प्रतिकृया दिनुहोस्