फिलिपिन्समा बाढीको वितन्डाः ५३ जनाको मृत्यु, गाउँ जलमग्न

file photo
file photo

फिलिपिन्समा आँधीपछि आएको बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या ५३ पुगेको छ।बाढीपहिरोमा अन्य केही हराइरहेकाले मृतकको सख्ंया बढ्ने अनुमान गरिएको छ।बाढीपहिरोबाट मध्य लेटी प्रान्तको बेबे सहर वरपरका गाउँहरू नराम्रोसँग प्रभावित भएका छन्। 

पहाडी हिमपहिरो र नदीहरूले घरहरू डुबाउनुका साथै धेरै मानिसहरू जिउँदै पुरिएका छन्।कम्तीमा ४७ जना मारिएको बेबे सहरका मेयर जोस कारलोस कारीले बताएका छन्। 

पिलार गाउँमा झन्डै ८० प्रतिशत घरहरू बगाएको एक सरकारी अधिकारीले बताएका छन्। 

बाढीपहिरोमा दक्षिणी दाभाओ क्षेत्र, मिन्दानाओ र मध्य नेग्रोस ओरियन्टल प्रान्तमा पनि केहीको मृत्यु भएको फिलिपिन्सको राष्ट्रिय विपद् निकायले जनाएको छ। दक्षिणी र पूर्वी फिलिपिन्स टापुहरूमा १ लाखभन्दा बढी मानिसहरू आँधीबाट प्रभावित भएको अधिकारीहरूले बताएका छन्।

प्रकाशित मिति: : 2022-04-13 13:18:00

प्रतिकृया दिनुहोस्