बिएल संवाददाता
छात्रालाई यौन दुर्व्यहार गरेको आरोपमा खोटाङको महुरेगढी बहुप्राविधिक शिक्षालयका प्रिन्सिपल इन्द्रप्रसाद आचार्य पक्राउ परेका छन्।
शिक्षालयमै अध्ययनरत केही छात्रामाथि यौनजन्य दुर्व्यहार गरेको आरोप लागेपछि प्रिन्सिपल आचार्यलाई प्रहरीले मंगलबार साँझ नियन्त्रणमा लिएको हो।
आरोपित आचार्यलाई एमाले निकट अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीले मंगलबार साँझ मोसो दलेर जुत्ताको माला लगाइदिएका छन्।
घट्ना लगत्तै प्रहरीचौकी नुनथलाबाट पुगेको प्रहरीले प्रिन्सिपल आचार्यलाई नियन्त्रणमा लिएको हो। घट्नाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए।
शिक्षालयमा अध्ययनरत छात्रालाई पटक-पटक विभिन्न बहानामा यौनजन्य दुर्व्यहार गर्दै आएकोमा मंगलबार दुई छात्रामाथि यौनजन्य दुर्व्यहार गरेको सूचनाका आधारमा आचार्यलाई प्रहरीको जिम्मा लगाइएको अनेरास्वविका अध्यक्ष मोहन संग्रामले बताए।
भाद्र २३ गराएर २४ मा देश जलाउने आधार बनाउनेलाई दण्डित गर्नैपर्छ
जनताले प्रदेश सभामै अस्वीकार गरेका ललितजंगलाई पार्टीले पुर्यायो राष्ट्रिय सभा
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया