नेपाल राष्ट्रिय खड्गी समाजको नाय: खि बाजा प्रशिक्षण कार्यक्रम सुरु

शनि शाक्य

काठमाडौं

नेपाल राष्ट्रिय खड्गी समाज काठमाडौं जिल्ला समितिले नाय: खि बाजा प्रशिक्षण कार्यक्रमको उट्घाटन गरेको हो।कार्यक्रमले नायः खि बाजा 'प्रशिक्षक प्रशिक्षण, नाय: गुरुजु' पुरोहित  तथा खड्गी  महिला सशक्तिकरणका लागि कानुनी आधारभूत प्रशिक्षणहरु गर्ने उदेश्य लिएको छ।

कार्यक्रम नेपाल राष्ट्रिय खड्गी समाज, काठमाडौं जिल्ला समितिको आयोजना र काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको हो।

उक्त कार्यक्रम काठमाडौँ महानगरपालिकाकी उप प्रमुख हरि प्रभा खड्गीको प्रमुख आतिथ्यतामा भएको थियो। त्यस्तै कार्यक्रमका अध्यक्ष सुबास शाही, प्रथम उपाध्यक्ष पुष्पराज शाही,उपाध्यक्ष रिकेश शाही, दिपा शाही, सचिव प्रतिक खड्गी,कोषाध्यक्ष अजित शाही लगाएतको उपस्थिति रहेको थियो।

कार्यक्रम  २०७८ चैत्र २९ गते िदउँसाे १ बजे  मरुहिटी बैक्वेटमा भएकाे थियाे। 

प्रकाशित मिति: : 2022-04-12 15:32:00

प्रतिकृया दिनुहोस्