युक्रेनबारे मोदी र बाइडेनबीच वार्ता

बिएल संवाददाता

नयाँ दिल्ली
Narendra modi photo by PTI And joe biden photo by  AP Photo/Susan Walsh
Narendra modi photo by PTI And joe biden photo by AP Photo/Susan Walsh

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच वार्ता भएको छ।

भर्चुल माध्यमबाट भएको वार्ता रुस र युक्रेन युद्धको विषयमा केन्द्रित रहेको प्रधानमन्त्री मोदीले बताएका छन्।

वार्तापछि मोदीले भनेका छन्,‘आज हाम्रो अन्तरक्रिया यस्तो समयमा भइरहेको छ जुन अवस्थामा युक्रेनप्रति सर्वत्र चासो छ। केही साताअघि २० हजारभन्दा बढी भारतीयहरू युक्रेनमा फसेका थिए। तीमध्ये अधिकांश युवा विद्यार्थी थिए।’

रुसी युक्रेन संकट अन्त्यको आवह्वान र शान्तिको मार्गतर्फ अगाडि बढ्न आग्रह गर्दै मोदीले भने,‘मैले युक्रेन र रुसका राष्ट्रपतिहरूसँग धेरै पटक टेलिफोनमा कुरा गरेको छु। मैले उनीहरूलाई शान्तिको अपील मात्र गरिन बरु राष्ट्रपति पुटिनलाई युक्रेनी राष्ट्रपतिसँग प्रत्यक्ष वार्ताका लागि सुझावसमेत दिएको छु।’

भारतले युक्रेन र अन्य छिमेकी देशहरूमा औषधि र अन्य राहत सामग्री पठाएको प्रधानमन्त्री मोदीले बताए। भारतले युक्रेनमा अर्को औषधिको खेप पठाउने भएको छ।

प्रकाशित मिति: : 2022-04-12 09:05:00

प्रतिकृया दिनुहोस्