नेप्से परिसूचक सोमबार एकै दिन ४४ अंकले गिरावट आएको छ।
सोमबार बजार ४४ दशमलव ६५ ले घटेर २४ सय १९ दशमलव ७१ अङ्कले गिरावट आएको हो।
नेप्सेमा ५० लाख ९५ हजार ८ सय ३४ कित्ता सेयर कारोबार हुँदा दुई अर्ब २६ करोड सात लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्सेमा कारोबार रकम बढे पनि बजारमा एक दशमलव ८१ प्रतिशतले गिरावट आएको छ। आइतबार सार्वजनिक बिदापछि खुलेको बजारमा १७ कम्पनीले नाफा कमाउँदा एक सय ७६ कम्पनीका सेयर धनीले गुमाए।
नेसडो, समृद्ध लघुवित्त वित्तीय संस्था र जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य बढेर सकारात्मक सर्किट लागेको छ। नेप्से बजारमा नेस्डो लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य एक सय ७० रुपैयाँ बढेर एक हजार आठ सय ७० रुपैयाँ र जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको ४४ रुपैयाँ ६० पैसा बढेर चार सय ९१ रुपैयाँमा कारोबार भएको छ।