अमेरिका छिर्ने पर्खाइमा रहेका ३७ नेपाली टर्कीमा पक्राउ

अवैध मार्गबाट अमेरिका जाने तयारीमा रहेका ३७ नेपाली टर्कीमा पक्राउ परेका छन्।

पक्राउ परेका ३७ जना नेपाली टर्कीबाट ग्रीस हुँदै अमेरिका जाने तयारीमा रहेको बताइएको छ।

इस्तानबुलको एक घरबाट उनीहरुलाई पक्राउ गरिएको टर्की प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएकामध्ये ३ जनालाई प्रहरीले रिहा गरेको छ, भने बाँकीलाई प्रहरी नियन्त्रणमा राखी आवश्यक अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2022-04-11 16:26:00

प्रतिकृया दिनुहोस्