राेल्पामा एमाले प्रवेशकाे लहर: कार्यकर्ताहरूले धमाधम छाेड्न थाले माओवादी

बिएल संवाददाता

गंगादेव, राेल्पा

युद्धकालीन समयमा पनि सत्ताकाे धम्किदेखि नडराएका राेल्पाली माओवादी कार्यकर्ताहरूले पछिल्लाे पटक धमाधम पार्टी छाेड्न थालेका छन्।

गंगादेव गाउँपालिका–६ का २० जना माओवादी कार्यकर्ताहरूले सामूहिक रूपमा पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) राेजेका हुन्।

गंगादेव गाउँ कमिटी सदस्य खिमबहादुर खड्कासहित दर्जनाै माओवादी कार्यकर्ताहरूले एमाले प्रवेश गरेका हुन्। 

कार्यक्रम  माओवादी केन्द्रबाट कल्पना खडका, भीमबहादुर खड्का, मोहनलाल ओली, प्रविन वली, धन बहादुर राना, जनक वली, उपेन्द्र खड्का, मानसिङ वली, सर्जन वली, बीरबहादुर वली, कमल वली, मोहन वलीले एमाले प्रवेश गरेका छन्। 

त्यसैगरी, नेपाली कांग्रेसबाट भीमकुमार वली, नवीन भण्डारी, रोशन भण्डारी, प्रदीप भण्डारी, कौशिला वली, भीमबहादुर खत्री, दिपक रानाले एमाले राेजेका हुन्।

प्रकाशित मिति: : 2022-04-11 08:35:00

प्रतिकृया दिनुहोस्