युक्रेनबाट भागेर लन्डन पुगेकी महिलामाथि यौन दुर्व्यवहार

photo: Agency
photo: Agency

हाल चलिरहेको रुस-युक्रेन युद्धका कारण लाखौँ मान्छे घरबारविहीन भएका छन्। उनीहरु आफ्नो जीवन रक्षाको निमित्त नजिकका देशहरुमा शरणार्थीको रुपमा जाने क्रम तीव्र भएको छ।

उनीहरुलाई सबैले आफूले सकेको सहयोग गरिरहेका छन् तर ब्रिटेनमा गएका महिलाहरुले यौन दुर्व्यवहार सहनु परेको लन्डनबाट प्रकाशित हुने टेबोलाइड पत्रिका 'द सन्' ले जनाएको छ।

तुलनात्मक रुपमा ब्रिटेनका पुरुषहरु 'यौन पिपासु' मानिन्छन्। हालै युक्रेनबाट भागेर लन्डन पुगेकी जुलिया स्कुबेकोले घर भाडामा लिन खोज्दा घर मालिकले स्कुबेकोसँग यौन सम्पर्क राख्न प्रस्ताव गरेको जनाएको छ।

यो घटनापछि स्कुबेकोले फेसबुकमा १८ हजार सदस्य भएको एक समूहमा यो कुरा पोस्ट गरेकी थिइन्। उनले लेखेकी छिन्, 'युद्धको कारण म आफू र आफ्नो परिवारको सदस्यहरुको जीवन बचाउन ब्रिटेन पुगेकी हुँ, 'वेश्यावृत्ति' गर्न होइन।'

उनको यो मार्मिक पोस्टपछि ब्रिटेनका पुरुषहरुको आलोचना भएको छ। लामो कोशिसपछि स्कुबेकोले एक दयालु र सहयोगी घर मालिक र भाडाको घर पाएको कुरा अर्को पत्रिका 'डेली मेल' लाई बताएकी छिन्। उनले भनेकी छिन्, 'मैले घर पाएँ, तर म जस्तै युक्रेनी महिलाहरुले यस्तै घर प्राप्त गर्छन् भन्ने कुरामा मलाई विश्वास छैन।'

प्रकाशित मिति: : 2022-04-06 06:11:00

प्रतिकृया दिनुहोस्