पाकिस्तानका प्रधानमन्त्री खानविरुद्ध स‍ंसदमा पेस भएको अविश्वासकाे प्रस्ताव खारेज

बिएल संवाददाता

इस्लामाबाद 
Photo: Agency
Photo: Agency

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव खारेज भएको छ।

तल्लो सदन नेसनल एसेम्ब्लीका उपसभामुख क्वासिम खान सुरीले आइतबार खानविरुद्धको प्रस्ताव खारेज गरेका हुन्। प्रस्ताव संविधानको धारा ५ विपरित भएको सुरीले बताए।

एउटा अनौठो पहलस्वरुप विपक्षी राजनीतिक दलहरुले सभामुख असद कैसरविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि सुरीले बैठकको अध्यक्षता गरेका थिए।

प्रस्तावबारे आइतबार मतदान हुने कार्यतालिका थियो।

यसैबीच आइतबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री खानले आफूले राष्ट्रपति अरिफ अल्भीलाई संसद भंग गर्न सुझाव दिएको बताएका छन्। 
 

प्रकाशित मिति: : 2022-04-03 13:50:00

प्रतिकृया दिनुहोस्