सुनको मूल्य ९८ हजार नौ सय रुपैयाँ

File Photo
File Photo

सुनको भाउ बिहीबार एक सय रुपैयाँले बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  छापावाल सुनको भाउ तोलाको  ९८ हजार नौ सय रुपैयाँ कायम भएको छ।

 यसअघि, बुधबार सुन तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।
 
बिहीबार तेजावी सुनको भाउ तोलाको ९८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।चाँदीको भाउ भने  १० रुपैयाँ घटेको छ। बुधबार एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार तीन सय ५० रुपैयाँ  निर्धारण भएको छ।

प्रकाशित मिति: : 2022-03-31 11:12:00

प्रतिकृया दिनुहोस्