युक्रनेसँगको शान्ति वार्तामा धेरै आशा गर्न सकिँदैन : रुस

REUTERS/Gleb Garanich
REUTERS/Gleb Garanich

रूसले युक्रेनसँगको शान्ति वार्तामा धेरै आशा गर्न नसकिने जनाएको छ।

रूसका प्रवक्ता दमित्री पेस्कोवले रूसल कुराकानीले वार्तामा आशा गर्ने कुनै कुरा नदेखेको बताएका छन्। उनले केही प्रगति भए यसबारे जानकारी दिने उल्लेख गरे।

यसबीच रूसी सैनिक लुहान्स्कको उत्तर पूर्वी क्षेत्रमा भीषण बमबारी गरिरहेको छ। रूसी सैनिकले उक्त क्षेत्रमा आफ्नो पकड बलियो बनाउने प्रयास गरिरहेको छ। तर दोनेत्स्कको क्षेत्रमा अहिले पनि रुसको पकड बलियो हुन सकेको छैन।

अधिकारीहरुका अनुसार पछिल्लो २४ घन्टामा स्थानीय शहरमा तोपको ३५ हमला भएको छ। राजधानी किभमा तोपको आवाज आज बिहानदेखि लगातार सुनिएको बीबीसीले जनाएको छ।

प्रकाशित मिति: : 2022-03-31 05:40:00

प्रतिकृया दिनुहोस्