दिल्लीमा केजरीवालको अर्काे कमाल

बिएल संवाददाता

नयाँदिल्ली
Photo: PTI
Photo: PTI

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले रोजगारीलाई केन्द्रविन्दुरुपमा राख्दा दिल्लीको बजेट देशकै पहिलो ‘रोजगार बजेट’ भएको बताएका छन्।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, 'रोजगारी निर्वाचन प्रचारका क्रममा मात्र चर्चा हुने विषय थियो, त्यसपछि त्यो विषयलाई कसैले सम्बोधन गर्दैनथे। स्वतन्त्र भएयता पहिलो पटक दिल्लीमा रोजगारीलाई मुख्य केन्द्रबिन्दु बनाएर बजेट बनाइएको छ।'

उनेले थपे, 'यो हाम्रो स्वतन्त्र भारतको पहिलो ‘रोजगार बजेट’ हो। शिक्षित युवाहरूले अझै पनि जागिरको लागि संघर्ष गरिरहेका छन् र बितेका केही वर्षमा विद्युतीकरण, राजस्व सङ्कलन र महामारीले गर्दा रोजगारीको परिदृश्य झनै खराब भएको छ।'

‘देशप्रतिको प्रेम, इमान्दारिता र मानवता आम आदमी पार्टीको मुख्य आदर्श रहेको उनले बताएका छन्। 

दिल्लीका वित्त मन्त्री सिसोदियाले २०२२–२३ का लागि ७५.८ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन्। गत वर्षको बजेट ६९ करोड रूपैँयाको थियो।

प्रकाशित मिति: : 2022-03-30 05:45:00

प्रतिकृया दिनुहोस्