पलको खुराकी दिनको ६० रुपैयाँ र ७ सय ग्राम चामल

नावालिग बलात्कारको अभियोगमा तनहु कारागारमा कैदी जीवन बिताइरहेका पल शाहले दिनको ६० रुपैयाँ र सात सय ग्राम चामल पाउँछन्। अहिले उनको जीवन यही खान्कीमा सिमीत भएको छ।

कुनै बेलाका स्टार पल  यतिबेला १६८ जना कैदीबन्दीसँगै सामुहिक रूपमा जेलको चिसो छिडीमा बस्न बाध्य छन्। उनले खाना पनि तिनै कैदी बन्दीसँगै मेसमै खाइरहेका छन्। 

पललाई तनहुँ जिल्ला कारागारको बी ब्लकमा पुर्पक्षका लागि थुनामा राखिएको छ। यसको अर्थ अझै पनि उनी अपराधी भैसकेका छैनन्। उनीमाथि नाबालिग बलात्कारको संगीन आरोप लागेकाले उनी पुर्पक्षका लागि थुनिनु पर्य । बाहिर बस्दा उनले अनेक चलखेल गर्न सक्ने सम्भावना देखेर अदालतले उनलाई थुनामा पठायो।      

पलले जस्तो कर्म गरे, त्यसको फल उनी भोगिरहेका छन्। यसबाट उनले त पाठ सिक्छन् नै, उनका फ्यानहरूले पनि विषयको गम्भीरता बुझेर पाठ सिक्न जरूरी छ। फ्यानहरूले गरेको हर्कतका कारण पनि पलले बाहिर बसेर मुद्दा लड्न नपाएका हुन्। 

यो मुद्दा कानुनको भाषामा पहिलो दृष्टिमै अभियुक्त दोषी हुने कोटीमा पर्छ। किनकि, पीडित नावालिग छिन् र उनी आफैं बलात्कृत भएको भनेर वयान दिइरहेकी छिन्। 

पल आफैंले पनि जे जस्तो वयान दिए, त्यसले पनि उनलाई निर्दोष बनाउन सकेन। किनकि, तथ्य उनले बनाएको सत्यभन्दा धेरै बलवान थियो। ११७ त  प्रमाण नै थिए। ती सबै प्रमाणका आधारमा अदालत पीडितले बयानमा भनेजस्तै विवाह गर्छु भन्ने प्रलोभनमा पारेर सम्बन्ध राखेको  भन्नेमा विश्वस्त देखियो। पीडित नावालिग भएकाले  कानुनत: यो वलात्कार मानियो। 

पलले जस्तो कर्म गरे, मूलत: अहिले उनी त्यसको फल नै भोगिरहेका छन्। यसबाट उनले त पाठ सिक्छन् नै, उनका फ्यानहरूले पनि विषयको गम्भीरता बुझेर पाठ सिक्न जरूरी छ।

शायद उनका फ्यानहरूले यतिको हर्कत नगरेको भए पल बाहिर बसेर मुद्दा लड्न पाउँथे, हिरासत जानु पर्ने थिएन।उनलाई निर्दोष मात्र हैन, हिरो देखाउन जे जस्ता गतिविधि गरिए, त्यसले पनि पल पीडित नावालिगका लागि थप खतरा हुने देखिए। मु्द्दालाई प्रभावित हुनबाट बचाउन पललाई जेलमा हालियो।

परिणाम सबैका सामु हाजिर छ, कुनै बेलाका स्टार पल आज ६० रूपैया र सातसय ग्राम सरकारी दानापानीमा दिन गुजार्नुपर्ने स्थितिमा पुगेका छन्। 

 

प्रकाशित मिति: : 2022-03-29 03:50:00

प्रतिकृया दिनुहोस्