६ दिनमा पाँच पटक पेट्रोल र डिजेलको मूल्य बृद्धि

बिएल संवाददाता

नयाँ दिल्ली
File photo
File photo

भारतमा ६ दिनमा पाँचौँ पटक पेट्रोल तथा डिजेलको मूल्य बढेको छ।आइतबार पेट्रोलमा प्रति लिटर मूल्य भारु ५० पैसा र डिजेलमा प्रति लिटर ५५ पैसा बढेको छ।यससँगै दिल्लीमा पेट्रोल प्रति लिटर मूल्य भारु ९९ दशमलब ११ पैसा भएको छ।

त्यस्तै, डिजेल प्रति लिटर मूल्य भारु ९० दशमलब ४२ पैसा पुगेको छ। यसअघि पेट्रोल प्रति लिटर भारु ९८ दशमलब ६१ र डिजेल प्रति लिटर भारु ८९ दशमलब ८७ थियो।  

मूल्य दर देशभर बढेको छ र स्थानीय करका आधारमा राज्यअनुसार मूल्य फरक फरक छ। पछिल्लो पटक २२ मार्चमा मूल्य बृद्धि भएको थियो। यसअघि चारै पटक प्रति लिटर पेट्रोल तथा डिजेलमा ८० पैसा बढाइएको थियो। 

प्रकाशित मिति: : 2022-03-27 12:38:00

प्रतिकृया दिनुहोस्