प्रधानमन्त्री शेरबहादुर देउवाले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधिन १४० मेगावट क्षमताको तनहुँ जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गरेका छन्।
प्रधानमन्त्री देउवालाई आयोजनाका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले आयोजनाको वस्तुस्थितिका बारेमा जानकारी गराएका थिए।
प्रधानमन्त्री देउवासँगै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि आयोजनाको निरीक्षण गरेका छन्। प्रधानमन्त्री देउवाले बिहीबार आठौँ तनहुँ महोत्सव र ऋषिङ गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दैछन्।