सुनको मूल्य एक लाख तीन सय रुपैयाँ

नेपाली बजारमा बिहीबार सुनकाे मूल्य एक हजार एक सय रुपैयाँले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ताेलाको एक लाख तीन सय रुपैयाँमा काराेबार भएको छ।

बुधबार सुन तोलाको ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो। आज तेजावी सुनको भाउ तोलाको ९९ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ।  

चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले बढेको छ। बुधबार एक हजार तीन सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार तीन सय ७५ रुपैयाँ कायम भएको छ।

प्रकाशित मिति: : 2022-03-24 10:53:00

प्रतिकृया दिनुहोस्