ताइवान छिरे चिनियाँ लडाकु र बमवर्षक विमान

Photograph:AFP
Photograph:AFP

ताइवानको वायु रक्षा पहिचान क्षेत्रमा शनिबार दुईवटा लडाकु विमान र दुई बमवर्षकहरू विमान प्रवेश गरेका छन्।

ताइवानको रक्षा मन्त्रालयले एक शेन्यांग जे- ११ र एक शेन्यांग जे- १६ लडाकू जेटका साथै दुई सियान एज- ६ बमवर्षकहरू ताइवानको हवाई रक्षा नियमको उल्लंघ गर्दै ताइवान प्रवेश गरेको जनाएको छ।

पछिल्लो समय बढ्दै गइरहेको घुसपेठलाई ताइवानको वायुसेना र वायु रक्षा संगठनलाई कमजोर पार्ने रणनीतिको एक हिस्साको रुपमा वर्णन गरिएको छ। शुक्रबार चीनको शान्डोङ विमान पनि ताइवान स्ट्रेटबाट यात्रा गरेको थियो। यद्यपि बेइजिङले यो यात्रालाई नियमित अभ्यासको रूपमा उल्लेख गरेको छ।

यसैबीच, दुई शेन्याङजे- ११ लडाकू जेट र एक हार्बिन जे- ९ एन्टि-सबमरिन हेलिकप्टर शुक्रबार ताइवानको वायु रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका थिए। ताइवानको वायुसेना जेटहरूले रेडियो चेतावनी जारी गर्दै चिनियाँ विमानहरूलाई तुरुन्तै फिर्ता जान आग्रह गरेको ताइवानको रक्षा मन्त्रालयले बताएको छ।

सेनाले पिपुल्स लिबरेशन आर्मी एयर फोर्स जेट र हेलिकप्टरहरूको गतिविधिहरूको निगरानी गर्न वायु रक्षा मिसाइल प्रणालीहरू तैनाथ गरेको पनि बताएको छ। बेइजिङले चीनको दक्षिणपूर्वी तटमा अवस्थित लगभग २४ मिलियन जनसंख्या भएको ताइवानमा पूर्ण सार्वभौमसत्ताको दाबी गरेको छ। यद्पि ताइवानले भने पूर्ण लोकतान्त्रि र सार्वभौमसत्ता मुलुक भएको दाबी गरिरहेको छ। दुई मुलुकहरू सात दशकभन्दा बढी समयदेखि अलग-अलगरुपमा शासित छन्।

अर्कोतर्फ ताइपेईले बेइजिङको बारम्बार विरोध गर्दै आएको छ। भने, अमेरिकालगायत लोकतान्त्रिक मुलुकसँग रणनीतिक सम्बन्ध बढाएर चिनियाँ आक्रमणको प्रतिकार गरेको छ। चीनले ‘ताइवानको स्वतन्त्रता’ भनेको युद्ध नै हुने धम्की दिएको छ।

प्रकाशित मिति: : 2022-03-24 09:23:00

प्रतिकृया दिनुहोस्