जाेडाेमा आगाे ताप्न पैसाबाट ब्रिकेट बनाउँदै राष्ट्र बैंक

फाइल तस्विर।नेपाली पैसा।

जाडोको मौसमा हामी मध्यै धेरै जनाले प्रयोग गर्छाैँ, ब्रिकेट। आगो, हिटरपछि धेरै मानिसले ब्रिकेटलाई ताप्ने गर्दछन्। तपाईंहरुलाई थाहा छ ? अब नेपालमा पनि  पैसाको ब्रिकेट बन्दै छ।

ब्रिकेट सामान्य रुपमा गोबर या सुकेका पातपतिङ्गरबाट बनेका हुन्छन्। हामी पैसाको नोट झुत्रो भयो भन्ने साटने गर्दछौँ, हाम्रो झुत्रो नोट अब बैंकले स–साना टुक्रामा परिणत गरेर तातोको लागि ब्रिकेट बनाउँदै छ। नेपाल राष्ट्र बैकंले नोट टुक्राउने मेसिन नेपाल भित्रिाए सकेको छ।

राष्ट्र बैकंले जानकारी दिएअनुसार डिजिटल प्रविधिबाट कारोबार गर्ने प्रणली सुरु हुदैँ गएमा झुत्रिने नोट संख्यामा कमी आउने र यसले छपाइमा लाग्ने लागत पनि घट्ने आकंलन छ। तत्कालै टान्सर्फमिटर मेसिन धान्न नसकेर अर्का टान्सफर नेफेरुन जेल मेसिन जडान हुन नसकिने छ।

मेसिनले एक घण्टामा एक सय किलो ब्रिकेट बनाउन सक्छ। मेसिनको क्षमता प्रत्येक दिन आठ घण्टा चलाउन सकिने छ। नोटबाट बनाइएको ब्रिकेट इँटा भट्टा, कागजका झोला बनाउने र प्लास्टिक उद्योगमा प्रयोग गर्न मिल्ने छ। मेसिन चलउनको लागि सीप भएको मानिस आवश्यकता पर्छ भन्ने छैन मेसिन चलाउन एकदमै सजिलो भएकाले दुई/तीन दिनमा सबै कामदारले चलाउन सक्नेछन्।

नेदरल्यान्ड्सको एक कम्पनीसँग  नेपाले सन् २०२० को जनवरीमा पुराना नोटबाट ब्रिकेट बनाउन आठ वटा मेसिन ल्याउने सम्झौता गरेको थियो। सम्झौताअनुसार खरिद लागत प्रतिमेसिन तीन हजार ८१ युरो रहेको छ। मेसिनको अवधि कम्तीमा दश वर्ष हुने राष्ट्र बैंकले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2022-03-23 06:35:00

प्रतिकृया दिनुहोस्