रूस–युक्रेन संकट : मारिओपल सहरमा १ लाख मानिस बिचल्लीमा

Photo: Stringer/Reuters

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी बम हमला र गोलाबारीबीच दक्षिणी बन्दरगाह शहरमा करीब १ लाख युक्रेनी बिचल्लीमा परेको बताएका छन्।

‘आजसम्म मारिओपलमा करीब १ लाख मानिस अमानवीय अवस्थामा छन्। उनीहरुलाई खाना, पानी र औषधि छैन्। त्यहाँ निरन्तर गोलाबारी र बम हमला भइरहेको छ ’, राष्ट्रपतिले भने।

त्यहाँ मानवीय कोरिडोरमार्फत नागरिकहरूलाई उद्धार गर्ने प्रयासहरू रूसी गोलाबारी र ‘योजनाबद्ध आतंक’का कारण अवरोध भएको उनले बताए। 
एउटा मानवीय कोरिडोर रुसले नियन्त्रणमा लिएको जानाकारी दिँदै जेलेन्स्कीले सरकारी कर्मचारी र उनीहरुका बस चालकलाई रुसी सेनाले बन्धक पारेको आरोप लगाए।

जेलेन्स्कीले अगाडि भने, ‘सम्पूर्ण कठिनाइका बाबजुद मारिओपोलका ७ हजार २६ जनको मंगलबार शहरबाट उद्धार गरिएको छ।’

यसैबीच, पछिल्लो दुई सातामा युक्रेनले १ लाख टन मानवीय सहयोग प्राप्त गरेको उनले बताए।

जेलेन्सकीले क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसलाई युक्रेनको भ्रमण गर्न गरेकोसमेत जानाकारी दिएका छन्। 

प्रकाशित मिति: : 2022-03-23 06:07:00

प्रतिकृया दिनुहोस्