सुनको मूल्य ९९ हजार पाँच सय रुपैयाँ

File Photo
File Photo

सुनको भाउ सोमबार ताेलामा तीन सय रुपैयाँले बढेर ९९ हजार पाँच सय रुपैयाँ कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुन प्रतिताेला ९९ हजार पाँच सय रुपैयाँमा काराेबार भइरहेकाे छ।

यसअघि,आइतबार सुन तोलाको ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।

साेमबार तेजावी सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ ताेकिएकाे छ। चाँदीको भाउ भने स्थिर छ। आइतबार एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी साेमबार पनि सोही मूल्यमा निर्धारण भएको छ।

प्रकाशित मिति: : 2022-03-21 11:27:00

प्रतिकृया दिनुहोस्