युक्रेनका राष्ट्रपतिकाे चेतावनी - रुससँग वार्ता बिफल भयो भने तेस्रो विश्वयुद्ध हुन्छ

File Photo
File Photo

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण अन्त्यका लागि भइरहका वार्ता बिफल भएमा तेस्रो विश्व युद्ध हुने चेतावनी दिएका छन्।

अमेरिकी समाचार संस्था सीएनएनसँग बोल्दै जेलेन्स्कीले आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ता गर्न चाहेको बताएका छन्। युद्ध अन्त्यको एक मात्र माध्यम वार्ताहरु भएको उनले बताए।

‘मलाई लाग्छ हामीले कुनै फरम्याट प्रयोग गर्नुपर्छ। मलाई लाग्छ कि हामीले कुनै पनि ढाँचा प्रयोग गर्नुपर्दछ। ’ यद्यपि, जेलेन्स्कीले युक्रेनले रुसले समर्थन जनाएको पृथकतावादी क्षेत्रहरूलाई स्वतन्त्र रूपमा मान्यता दिनु पर्ने कुनै पनि सम्झौता अस्वीकार गरेको बताए। आफ्नो देश नेटोको सदस्य नभएको भए रुसले युक्रेनमाथि हमला गर्न नसक्ने दाबी गरे।

‘यदि नेटो सदस्यहरू हामीलाई गठबन्धनमा हेर्न तयार छन् भने, तुरुन्तै गर्नुहोस्,’ उनले भने, ‘किनभने मानिसहरू दैनिक जसो मरिरहेका छन्।’ एजेन्सी

प्रकाशित मिति: : 2022-03-21 11:12:00

प्रतिकृया दिनुहोस्