एक्सन अवतारमा आउँदै सामन्था

photo: economictimes.indiatimes via agency

अभिनेत्री सामन्था रुथ प्रभु आगामी फिल्म ‘यशोदा’को तयारीमा जुटेकी छन्। यो फिल्ममा उनले धेरै स्टन्ट दृश्य दिँदैछिन्। यसका लागि उनले हलिउडको स्टन्टमेनबाट तालिम लिँदैछिन्।

समाचारअनुसार उनलाई हलिउडका स्टन्टमेन यानिक बेनले तालिम दिनेछन् र उनको कोरियोग्राफ पनि गर्नेछन्। यसअघि सामन्थाले यानिकका साथ प्रख्यात वेब सिरिज ‘द फेमिली मेन २’ मा काम गरेकी थिइन्। फिल्ममा सामन्थाको प्रमुख भूमिकामा अभिनय रहनेछ।

फिल्मको निर्देशक हरि-हरीश जोडीले गर्दैछन्। उनीहरु यो फिल्मबाट निर्देशनमा डेब्यू गर्न लागेका हुन्। श्रीदेवी मुभिजको व्यानरमा बन्ने फिल्मको निर्माण शिवलेंका कृष्ण प्रसादले गर्दैछन्।

साइन्स फिक्सन थ्रिलर फ्लेभरको फिल्मको बजेट निकै महंगो रहने बताइएको छ।

फिल्मको हिन्दी भर्सनमा बढ्दो लोकप्रियतालाई मध्येनजर गर्दै पेन इण्डियाले यसलाई बलिउडमा रिलिज गर्नेछ। फिल्म तेलुगु, तमिल, मलयालमसँगै कन्नडमा पनि रिलिज हुनेछ।

सामन्था गत वर्ष डिसेम्बरमा रिलिज अल्लू अर्जुन र रश्मिका मन्दानाको फिल्म ‘पुष्पा द राइज’को आइटम गीत ‘ऊ अँटावा’का कारण चर्चामा थिइन्। यो गीतपछि उनलाई धेरै बलिउड फिल्मबाट अभिनयको अफर आएको थियो।

सामन्थाले आफ्नो करियरको सुरुवात मोडलिङबाट गरेकी थिइन्। त्यसपछि उनले सन् २०१० मा रिलिज फिल्म ‘ये माया चेसावे’बाट तेलुगु फिल्म उद्योगमा पाइला चालेकी हुन्।

प्रकाशित मिति: : 2022-03-21 10:11:00

प्रतिकृया दिनुहोस्