सिखं समुदायमा विजय उत्सवको पर्व 'होला मोहल्ला'

होलीको नाम सुन्ने बित्तिकै आँखाको अगाडि  रातो, हरियो, पहेलो जस्ता सप्तरंगको काल्पनिक दृश्य उत्पन्न हन्छ। सेतो पहिरन त्यसमाथी अबिर, पारम्परिक फगुवाका गीत खानपान मनोरञ्जनका दृश्य मनमा आउन थाल्छ। 

होलिका दहनपछि होलीको सुरुवात भएको हो भन्ने हिन्दु धर्मावलम्बीहरुको मान्यता हो तर हरेक समुदायमा होलिका दहन कै कथासंग होलीको सुरुवात भएको हो भन्ने छैन। 

उत्तर भारतको पंजाब राज्य तथा नेपालमा बसोबास गर्ने सिखं समुदायमा यस पर्वको रौनकता होलीको अगावै देख्न पाइन्छ। 

'होला  मोहल्ला' सिखं धर्मावलम्बीहरुको पारम्परिक चार्ड रहेको प्राध्यापिका पवनदिप कौर बताउँछिन्। 

पर्साको वीरगंजमा जन्मिएकस् कौर सिख समुदायबी छोरी हुन्। सिख समुदायमा मनाइने होला मोहल्ला पर्व विजय उत्सवको रुपमा मनाउने गरिएको उनको भनाइ छ। 

' यो पर्व होलीको दुई दिन अघिदेखि सुरु भई फागु शुक्ल पुर्णीमाको दिन रंग लगाइ समाप्त हुन्छ। फागु शुक्ल पुर्णीमा कै दिन यो पर्व मनाइने भएतापनि यसको इतिहास हिन्दु समुदाय भन्दा फरक रहेको छ।'

हेर्दा होली र सिख धर्मको पर्व होला मोहल्लामा धेरै समानता लाग्न सक्छ तर सिख धर्मका जानकारका अनुसार रंगले मात्र एक समान देखिएको बताउँछन। 

पवनदिपका अनुसार सिख समुदायमा रंगको पर्वलाइ होली भनेर मनाइदैन। होलीलाई सिख समुदायमा होला मोहल्ला भनिन्छ। 

'होला भनेको आर्मी र मोहल्ला भनेको आर्मीहरुको जुलुस। केहि जानकारका अनुसार होला भनेको आक्रमण गर्नु र मोहल्ला को अर्थ आक्रमण हुने स्थान। '

 
यो पर्वको शुरुआत १७ औं शताब्दीमा सिखंका दशौं गुरु , गुरु गोविन्द सिंह जीबाट भएको मान्यता छ। सिख धर्मको रंगीन पर्वको बारेमा मानिने होला मोहल्ला मूल रूपमा भारतको पंजाब राज्यको आनंदपुर साहिबमा मनाइन्छ। 

सन् १७०१ मा भारतमा मुगलहरुको राज थियो। कौरका अनुसार गुरुगोविंद सिंह जी आफ्ना सेनाहरुका साथ मुगलहरुलाइ लखेट्ने तर्फ लागेका थिए। यस्तो अवस्था साहसी  सिख शूरवीरहरुको निडरतालाई र उनीहरुको युद्ध लडने वचनमा उर्जा प्रदान गर्नका लागी यस पर्वको शुरुआत गरिएको थियो। 

गुरु गोविन्द सिंह जी र उनका सेनाहरुले मुगल राजाहरुसंग विजय प्राप्त गरेर आएपछि सिखं समुदायका हरेक व्यक्तिले विजय प्राप्तीको खुशियालीमा होला मोहल्ला मनाउन थाले। 

अहिले आएर भारतको आनंदपुर शहरमा रहेको ठुलो गुरुद्वारामा यो पर्वलाइ विशेष रुपमा मनाइन्छ। श्री अमृतसर साहिबपछि श्री आनंदपुर साहिब सिखहरुको सबैभन्दा पवित्र धार्मिक स्थल हो। जसकारण अन्य ठाउँ भन्दा आनंदपुरमा होला मोहल्ला महोत्सवको रुपमा मनाइन्छ। कौरका अनुसार यो पर्व सक्नेले एक साता र नसक्नेले तीन दिन मनाईन्छ।

यस पर्वको आयोजना गुर्नको उदेश्य शौर्य एवं पराक्रमलाई प्रदर्शन गर्नु हो। 

यस तीन दिनको अवधिमा देश विदेश तथा विभिन्न ठाउँबाट आएका सिख समुदायका मानिसहरु एकजुट हुन्छन् र सिख धर्मको बारेमा कविता , भजन किर्तन मुगलसंगको युद्धमा भएको विजय गाथा कविताहरु वाचन गरेर सुनाउँछन्। 

यस अवधिमा घोडासंगको दौड प्रतियोगीता , सिख मार्शल आर्ट्स , गात्रा भन्ने तलवारको अद्भुत खेल खेलिन्छ। प्रतियोगीताका सहभागीहरुलाई सिख धर्मका फौज जसलाई गुरु गोविन्द सिंह जी को फौजको सिपाही मानिन्छ। 

यस तीन दिनको अवधिमा लङ्गंर पनि हुने गर्छ।  लङ्गंरमा गुरुद्धारामा आएका हरेक व्यक्तिले एकसाथ खाने सामुहिक भोजन हो। जहाँ कुनै  जातिय भेदभाव हुदैन। यो पर्वको अन्तिम दिनमा रंग खेलेर, दुध, चामल  र खीरलगायत लस्सी पिएर मनाइने गरिन्छ।  

प्रकाशित मिति: : 2022-03-17 21:22:00

प्रतिकृया दिनुहोस्