जापानमा भूकम्पः दुई जनाको मृत्यु, २० लाख मानिस अन्धकारमा

AFP-JIJI
AFP-JIJI

जापानमा बुधबार साँझ गएको शक्तिशाली भू–कम्पमा दुई जनाको मृत्यु भएको छ। भू–कम्पमा दर्जनौँ मानिस घाइते भएका छन्।

पूर्वी जापानमा ७ दशमलब ४ म्याग्निच्युडको भू–कम्प गएको थियो।

भू–कम्पले पुर्‍याएको जनधनको क्षतिको पूर्णविवरण विवरण आइनसकेको प्राप्त समाचारमा जनाइएको छ। भू–कम्पपछि सुनामीको चेतावनी दिइएको छ। भू–कम्पपछि बुधबार रातभर र बिहीबार बिहान पनि निरन्तर परकम्पनहरु आइरहेका छन्।

भू–कम्पको असर राजधानी टोकियोमा पनि देखिएको प्राप्त विवरणहरुमा जनाइएको छ। भू–कम्प प्रभावित क्षेत्रमा विद्युतीय सेवा अबरुद्ध छ। 

प्रकाशित मिति: : 2022-03-17 06:56:00

प्रतिकृया दिनुहोस्