पन्जाबका मुख्यमन्त्री भगवन्त मानले लिए सपथ

बिएल संवाददाता

नयाँ दिल्ली
Photo - Geotvnews
Photo - Geotvnews

आम आदमीका पार्टी नेता भगवन्त मानले पद तथा गोपनियताको सपथ लिएका छन्।

मानले बुधबार खटकर गाउँमा एक समारोहबीच सपथ लिएका हुन्। उनले सपथ लिएको गाउँ स्वतन्त्र सेनानी भगत सिंहको पुख्यौली गाउँ हो।

विशाल सपथ समारोहमा गभर्नर बनवारिलाल पुरोहित, दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल र सो राज्यका मानिसहरुको उपस्थित थियो। सपथ लिएपछि नवनियुक्त मुख्यमन्त्री मानले सहभागी सबैलाई धन्यवाद दिएका थिए।

समारोहमा सहभागी हुनेमध्ये अधिकांश पुरुष पहेँलो फेता र महिला पहेँलो सलमा सजिएका थिए। ११७ सिट रहेको पन्जाब बिधान सभामा आम आदमीले ९२ सिट ल्याएको थियो। सन् २०१७ को बिधान सभामा ७७ सिट ल्याएको कंग्रेस १८ सिटमा खुम्चिएको थियो।

प्रकाशित मिति: : 2022-03-16 14:50:00

प्रतिकृया दिनुहोस्