चीनले आयत आदेशमा ढिला गर्दा नेपाली व्यापारीहरू गम्भीर समस्यामा परेका छन्। लामाे समयदेखि नाका बन्द हुँदा सामान खरिद गरेर पनि नेपाल भित्र्याउन नपाउँदा गम्भीर आर्थिक नाेक्सानीकाे सामना नेपाली कम्पनीहरूले गर्नु परेकाे हाे।
चीनकाे अवराेधका कारण सामान नेपाल ल्याउन नसिकएका कारण ठूला घाटा व्याेहाेर्न बाध्य भएकाे सुन–मुन मल्टी ट्रेडिङ प्रा.लि का प्रबन्ध निर्देशक सुनिलप्रसाद लेखकले बताए।
उनले सन् २०२१ को सेप्टेम्बरको सुरुमा चिनियाँ कम्पनी चाङ्सा वानसुम बाम्बू प्रोडक्ट्स ट्रेडिङ कम्पनी लिमिटेडबाट डिस्पोजेबल लेटेक्स ग्लोभ्सका ५ हजार बक्स २३ हजार ५ सय अमेरिकी डलर खर्चिएर अर्डर गरेका थिए। तर, रकम भुक्तान भएकाे लामाे समय हुँदा पनि अहिलेसम्म सामान नेपाल ल्याउन सकेका छैनन्। न त चिनियाँ कम्पनीले उनकाे रकम फिर्ता नै गरेकाे छ।
नेपाली कम्पनीहरूले रकम फिर्ता माग गर्दा चिनियाँ कम्पनीले केही कानूनी अवराेधका कारण कम्पनी बन्द गरी बैंक खाता बन्द गरिएकाे जस्ता बहाना चिनियाँ कम्पनीले गरेकाे लेखकले बताए।
यसरी लामाे समयदेखि कयाैँ नेपाली व्यवसायीहरू धरासायी बन्न पुगेका छन्।
त्यसैगरी विद्युतीय स्कुटर बिक्री गर्ने कम्पनी आस्था अटोमोबाइलले २०२१ अप्रिलमा चीनबाट ४०० वटा ब्याट्री अर्डर गरेकाेमा ती सामान केरुङ र तातोपानी नाकासम्म पुगे पनि नेपाल ल्याउन नसकिएकाे सञ्चालक सुरेन्द्र मानन्धरले बताएका छन्। सीमा नाकामै ब्याट्रीका धेरै पिसहरू हराएकाे उनकाे गुनासाे छ।
यस्तै अर्को घटनामा घरायसीका लागि सजावटका सामान आयात गर्ने व्यापारी अनुप श्रेष्ठले चिनियाँ आपूर्तिकर्ताबाट सामानको ग्यारेन्टी वितरण नभएको बताए।
चीनबाट नेपाल ल्याउन ढिलाइ हुनुका धेरै कारण छन्। हालको चिनियाँ नीतिअनुसार चीनले दिनमा आठदेखि दश ट्रकसम्म मात्रै नेपाल प्रवेश गर्न दिने गरेको छ। जसकारण सामान आयतमा ढिलाइ हुने गरेकाे छ। नेपाल–चीन सीमा १ हजार ४१४ किलोमिटर लामो भए पनि दुई वटा मात्र नाका (तातोपानी–कोदारी नाका र रसुवागढी नाका) सञ्चालनमा छन्र। ती नाकामा पनि लामाे लाइन हुने गरेका कारण छिटाे ढुवानी गर्न सकिँदैन।
थप रूपमा चिनियाँहरूले आयातका लागि कन्टेनरहरूको संख्या बढाउने आश्वासन दिए पनि तिनीहरू योजना कार्यान्वयन गर्न असफल भएका छन्। नेपाल–चीन सीमामा चीनले ट्रक र कन्टेनर रोकेपछि नेपालका व्यापारीहरु चिन्तित बनेका छन्।
चीनले नेपालमा सामान पठाउन ढिला गरेकाेमा चीनले अर्थतन्त्र पूर्णरूपमा उकास्न नसेकाे संकेत गर्छ। वर्तमान अवस्थाहरूले चिनियाँ अर्थतन्त्रको मेरुदण्ड भए पनि चिनियाँ एसएमईहरूको अवस्था राम्रो छैन भन्ने पनि हो। यो मुद्दाले अर्थतन्त्र र विशेषगरी चिनियाँ कम्पनीहरूको बिग्रँदै गएको आर्थिक अवस्थालाई पनि संकेत गर्छ।