पल शाह सरकारी वकिल कार्यालयमा

बलात्कारको अभियोगमा हिरासतमा रहेका पल शाहलाई बयानका लागि गैडाकोट लगिएको छ।

एक नाबालिग गायिकाले तनहुँसँगै गैडाकोटमा पनि पलविरुद्ध जाहेरी दिएकी थिइन्। तनहुँमा बयान पश्चात पललाई हिजो गैडाकोट लगिएको थियो।

पललाई बयानका लागि नवलपरासी पूर्वको सरकारी वकिल कार्यालय कावासोती लगिएको हाे।

तनहुँ जिल्ला अदालतले उनलाई १२ दिन म्याद थप गरी अनुसन्धानको अनुमति केही दिन अगाडि दिइसकेको छ। दुवैतर्फ जाहेरी परेका कारणले गर्दा तनहुँ पश्चात उनलाई बयानका लागि गैडाकोट लगिएको हो।

प्रकाशित मिति: : 2022-03-09 14:06:00

प्रतिकृया दिनुहोस्