आर्थिक मन्दीको सामना गर्दै चीनका २८ प्रान्त

File Photo
File Photo

चीनका ३१ प्रान्तीय स्तरका सरकारहरूमध्ये २८ वटा सरकारले सन् २०२२ का लागि विगतका वर्षहरूको तुलनामा वृद्धिको लक्ष्य र नीतिगत लक्ष्यहरू घटाएको घोषणा गरेका छन्।

चीनको आर्थिक मन्दीको कारण यस्तो भएको तथ्यलाई सङ्केत गर्दै चीनको प्रान्तीय सरकारले आर्थिक वृद्धिको लक्ष्यलाई कम राखेका हुन्।

'सांघाई, ग्वाङ्डोङ र बेइजिङ जस्ता क्षेत्रहरूमा पनि अघिल्लो वर्षको तुलनामा न्यून वृद्धिदर रेकर्ड गरेको हालैको तथ्याङ्कले चीनको कोभिड९१९ पछिको आर्थिक पुनरुत्थानको लागि चिन्ता उत्पन्न गरेको छ', हङकङ पोस्टले रिपोर्ट गरेको छ।

'अर्थतन्त्रमा वृद्धि भएको चीनको आधिकारिक दावीहरूको काउन्टर कमजोर बाह्य मागले गर्दछ। जसले राष्ट्रपति सी जिनपिङलाई देशको अन्धकार आर्थिक दृष्टिकोणको बारेमा चिन्तित बनाएको छ, यस वर्षको अन्त्यमा २० औं पार्टी कांग्रेसमा अर्को कार्यकालको लागि राष्ट्रपतिको उम्मेदवारीलाई आर्थिक मन्दीले नकारात्मक असर गर्न सक्दछ', रिपोर्टमा उल्लेख छ।

यस आर्थिक मन्दीको विषयमा सी जिनपिङ को नेतृत्वलाई नै विभिन्न मिडिया रिपोर्टहरुले आरोप लगाएका छन्।

कोभिड महामारीका कारण भत्किएको औद्योगिक चेन, कार्बन न्यूनीकरणको दबाब, विश्वव्यापी आपूर्ति शृङ्खला अवरुद्ध, बढ्दो बेरोजगारीले अर्थतन्त्रलाई पुनरुत्थान गर्ने सरकारको क्षमतामा गम्भीर शंका उत्पन्न गरेको मिडिया आउटलेटहरुले जनाएका छन्।

चीनमा युवाहरूमा बढ्दो बेरोजगारीले चिनियाँ सरकार र चिनियाँ कम्युनिष्ट पार्टीको लोकप्रियतालाई पनि असर पार्नसक्ने उल्लेख गरिएकाे छ।

सीको साझा समृद्धिको लक्ष्य चिनियाँ व्यापार सर्कलहरूमा थप बोझ बनेको छ किनभने बेइजिङले ठूला व्यवसायहरूमा आफ्नो पकड त बलियो बनाएको छ।उनीहरूबाट चन्दा प्राप्त गर्दा पनि धेरै अरबपतिहरूलाई जेलमा राखेको छ।

प्रकाशित मिति: : 2022-03-07 11:15:00

प्रतिकृया दिनुहोस्