थप आक्रमक बन्दै रुसी सेना

File photo
File photo

एजेन्सी युद्ध चर्किरहेका बेला युक्रेनी सहरहरुमा थप क्षति भएका विवरणहरु सार्वजनिक भएका छन्। युक्रेनको दोस्रो ठूलो सहर खारकिभमा रुसी सेनाले गरेको हमलामा कम्तिमा २१ जनाको मृत्यु भएको छ। हमलामा ११२ जना घाइते भएको सो सहरका मेयरले जनाएका छन्। 

खारकिभमा थप क्षेप्यास्त्र हमला भएका विवरणहरु सार्वजनिक भएका छन् । क्षेप्यास्त्र हमलामा सहरको क्षेत्रीय प्रहरी विभाग र काराजिन युनिभर्सिटीको भवनमा ठूलो क्षति पुगेको छ। 

पूर्वी युक्रेनी सहरलाई घेरा हाल्ने प्रयासस्वरुप रुसी प्याराट्रुप्स खारकिभमा झरेको हुन सक्ने युक्रेनको सेनाले जनाएको छ। रुसी फौजले दक्षिणी युक्रेनमा ठोस उपलब्धी हाँसिल गरेको दाबी गरेको छ।दक्षिणी सहर खेरसनलाई नियन्त्रणमा लिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ। 

टेलिभिजन टावरमा दुई ओटा रुसी मिसाईल प्रहार हुँदा टेलिभिजन प्रसारण र समाचार पहुँच अवरोध भएको छ। मिसाइल प्रहारमा पाँच जनाएको मृत्यु र थप पाँच जना घाइते भएका छन्। 

प्रकाशित मिति: : 2022-03-02 17:01:00

प्रतिकृया दिनुहोस्