दमासकस मलमा आगलागी, पाँच जनाको मृत्यु

File photo
File photo

सिरियाको राजधानी दमासकसको एउटा सपिङ सेन्टरमा मंगलबार बिहान भएको आगलागीमा कम्तीमा पाँच जनाको ज्यान गएको सरकारी सञ्चारमाध्यमले जनाएको छ। दमासकसको दमक विभागका एक अधिकारीलाई उद्धृत गर्दै आधिकारिक समाचार समिति  सानाले ला मिराडा मल भवनमा आज बिहानै लागेको आगो निभाइएको जनाएको छ। 

अहिलेसम्म चार जनाको उद्धार गरिएको छ र पाँच जनाको शव निकालिएको छ,' साना समाचार समितिले थप जानकारी दिएको छ। आगलागीको कारण तत्काल खुल्न सकेको छैन। सरकार समर्थक अल–वतान अखबारले प्रकाशित गरेका तस्बिरहरूमा दमासकसको अल–हमरा जिल्लामा रहेको मलबाहिर ठूला फायरट्रकहरू देखाइएको छ। एउटा तस्बिरमा, किनमेल केन्द्रको झ्यालबाट धुवाँ निस्किएको थियो। आगोले हरेक तल्लालाई घेरेको देखिन्छ। 

प्रकाशित मिति: : 2022-03-01 13:42:00

प्रतिकृया दिनुहोस्