पाकिस्तान र अफगानिस्तानको सीमा केही दिनपछि फेरि खुल्यो

File photo
File photo

पाकिस्तान र अफगानिस्तान बीचको एक प्रमुख सीमा नाका फेरि खोलिएको छ। सुरक्षाबलहरु बीचको झडपमा कम्तीमा तीन जनाको मृत्यु भएको एक दिनपछि सो सीमा नाका खोलिएको अधिकारीहरूले आइतबार जनाएका छन्। 

गत वर्ष तालिबान सत्तामा आएपछि छिमेकीहरूबीच सीमा तनाव बढेको छ। पाकिस्तानले आतंकवादी समूहहरूले अफगान भूमिबाट आक्रमण गर्ने योजना बनाएको आरोप लगाएको छ। तालिबानले पाकिस्तानी लडाकूहरूलाई शरण दिएको अस्वीकार गर्छन्।पाकिस्तानको अर्धसैनिक सीमा बलका प्रवक्ताले एएफपीलाई भने, 'सबै किसिमका गतिविधिका लागि सीमा फेरि खोलिएको छ।'

एक सुरक्षा स्रोतले पाकिस्तानी अधिकारी र अफगानिस्तानको कान्दाहार प्रान्तका गभर्नरबीचको 'सफल वार्ता' पछि नाका खोलिएको जनाएको छ। गभर्नरका प्रवक्ता महमूद आजमले सीमा नाका फेरि खोलिएको पुष्टि गरेका छन्।

प्रकाशित मिति: : 2022-02-27 14:06:00

प्रतिकृया दिनुहोस्