किसानलाई कृषि सामग्रीसँगै तालिम पनि

बिएल संवाददाता

सिन्धुपाल्चोक
File photo
File photo

मेलम्ची नगरपालिकाले  ५० प्रतिशत अनुदानमा कृषि सामग्रीसँगै तालिम पनि दिएपछि किसानलाई काम गर्न सहज भएको छ। नगरपालिकाले अनुदानमा वडा नं ७ र ८ का किसानका लागि कृषि औजार वितरण गरेको हो। वडा नं ७ स्थित दुवाचौर सामुदायिक कृषि सहकारी संस्थामार्फत १६ थान ९ एच। पी प्रट्रोल मिनिटिलिर तथा  मकै रोप्ने उपकरण  र वडा नं ८ स्थिति विष्णुलक्ष्मी साना किसान कृषि सहकारीमार्फत ७ एच।पी प्रट्रोल मिनिटिलिर तथा २१ थान कृषि सामग्री वितरण गरिएको नगरपालिकाका  कृषि विकास शाखाप्रमुख अमरनाथ आचार्यले जानकारी दिए। 

ती सामग्री हस्तान्तरण गर्दै नगरप्रमुख डम्बर अर्यालले उन्नत बाली लगाउन आग्रह गरे। उनले कृषिमा आधुनिकीकरण गर्न र व्यवस्थित बनाउनका लागि विभिन्न कृषि औजारहरु वितरण गरिएको जानकारी गराउँदै कृषकका समस्या समाधान गर्न नगरपालिका तयार रहेको बताए। 

कृषि औजार बिग्रने र बनाउन समस्या भएपछि किसानहरुको समस्यालाई दृष्टिगत गर्दै नगरपालिकाले मिनिटिलर मर्मतसम्बन्धी तालिमसमेत सञ्चालन गरेको शाखाप्रमुख आचार्यले बताए। नगरपालिकाले यसअघि पनि विभिन्न बीउ बिजन र कृषि सामग्री किसानहरुलाई वितरण गर्दै आएको थियो। ९ एच। पी प्रट्रोल मिनिटिलिरप्रति थान रु ६० हजारका दरले रु नौ लाख ६० हजार र ७ एच।पी प्रति थान रु ५० हजारका दरले  रु १० लाख ५० हजारसहित रु २० लाख १० हजार बराबरको सामग्री वितरण गरिएको कृषि शाखाका प्राविधिक रामगोपाल श्रेष्ठले जानकारी दिए। कृषि सामग्रीसँगै तालिम पाउँदा सामान मर्मत तथा खेती गर्न सजिलो भएको र उत्पादनमा समेत वृद्वि हुने मेलम्ची–८ का किसान सम्झना गिरीले बताए। 
 

प्रकाशित मिति: : 2022-02-25 13:25:00

प्रतिकृया दिनुहोस्