रूसमाथि प्रतिबन्ध लगाउन अमेरिकासँग युक्रेनको माग

Getty Images
Getty Images

युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले रसियामाथि तत्काल प्रतिबन्ध लगाउन माग गरेका छन्। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनसँग उनले यस्तो माग गरेका हुन्।

रुसले युक्रेनको विखन्डनकारीले नियन्त्रणमा लिएको दुई ओटा क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिँदै त्यहाँ ‘शान्ति सेना’ पठाउने घोषणा गरेपछि विदेशमन्त्री कुलेबाले मस्कोमाथि प्रतिबन्ध लगाउनुपर्ने माग गरेका हुन्।

‘मुख्य विषयः प्रतिबन्ध उसका गैरकानुनी कामको प्रतिउत्तरमा रुसमाथि कडा प्रतिबन्ध लगाउने आवश्यकतामा जोड दिन्छु,’ उनले ट्विट गरेका छन्। उनी वांसिटन भ्रमणमा जाँदैछन्। यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले रुसमाथि प्रतिबन्ध लगाउने संकेत गरेका थिए।

के रुसमाथि प्रतिबन्ध लाग्न सक्छ?

के 'जनगणतन्त्र' डोनेट्स्क र लुह्यान्सकमा रुसी सेना पठाउने आदेशले “थप आक्रमण”को सङ्केत गर्छ र त्यसले पश्चिमा नेताहरूलाई थप ठूला प्रतिबन्धहरू लगाउन प्रेरित गर्छ?

यो (अझै) पनि धेरैले चिन्ता गरे जस्तो पूर्ण मात्राको आक्रमण होइन तर यसले पहिलेदेखिको खतरनाक सङ्कटको अवस्थालाई महत्त्वपूर्ण रूपमा वृद्धि गर्ने बीबीसीले जनाएकाे छ।

आठ वर्षअघि लडाइँ सुरु भएदेखि नै रुसले ती दुई क्षेत्रमा पृथक्तावादी लडाकुहरूलाई सङ्गठित, हतियारद्वारा सुसज्जित र नियन्त्रण गरेकोमा कमैले मात्र शङ्का गर्छन्।

तर यसले क्रेम्लिनले 'शान्ति स्थापनाका कार्यहरू' भन्दै ती कार्यमा रुसले आफ्नो संलग्नतालाई खुला रूपमा स्वीकार गरेको कुरालाई सङ्केत गर्छ।

युक्रेन वा बाँकी विश्वले यसलाई कसरी हेर्छ भन्ने भनिरहनु पर्ने विषय होइन। तर के यो पश्चिमाहरूले कैयौँ सातादेखि कुरा गरिरहेको व्यापक प्याकेज र लक्षित प्रतिबन्धहरू सुरु गर्नका लागि पर्याप्त छ?

प्रतिबन्धहरू लगाउनका लागि यो एक मात्र उनीहरूको वास्तविक उपाय हो भन्ने पश्चिमा नेताहरूलाई थाहा छ। अनि राष्ट्रपति पुटिनले अहिले उक्त उपाय प्रयोग गर्न उनीहरूलाई चुनौती दिइरहेका छन्।

प्रकाशित मिति: : 2022-02-22 10:33:00

प्रतिकृया दिनुहोस्