पिकअप भ्यानले ठक्कर दिदा बृद्धको ज्यान गयो

रोल्पाको सुलिचौर बजारमा पिकअप भ्यानले ठक्कर दिदा पैदल यात्री एक बृद्धको ज्यान गएको छ।

बजारमा हिडिरहेका सुनिल स्मृति गाउँपालिका–२ का ७७ वर्षीय बृद्ध लाल बहादुर भुषाललाई लु २ च ६८८६ नम्बरको पिकअपले आज विहान साढे ९ बजेतिर ठक्कर दिएको हो। ठक्करबाट गम्भीर घाईते भएका भुषाललाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा लगिए पनि केहि समय पश्चात ज्यान गएको प्रहरीले जनाएको छ।

ठक्कर दिने गाडीका चालक सुनछहरी गाउँपालिका–२ का १९ वर्षका लाल बहादुर बुढालाई नियन्त्रण लिईएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

प्रकाशित मिति: : 2022-02-20 14:48:00

प्रतिकृया दिनुहोस्