सिंगापुर विश्वकै सुविधा सम्पन्न देश हो। यहाँ चम्किला गगनचुम्बी महल र आलिसान अर्पाटमेन्टहरुको अभाव छैन्। तर, एक जना व्यक्तिलाई भने यसले केही महत्व राख्दैन। ओह गो सेङलाई देख्ने वित्तिकै एउटा कुराले तपाईलाई अचम्म पार्न सक्छ–उनका चम्किला आँखा।
उनी हल्का लुगा लगाउँछन र आफ्नो आधा उमेरका धेरै मानिसहरूभन्दा धेरै राम्रो देखिन्छन्।
यसै महिनाको सुरुमा सेङ जंगलमा बसेको समाचार सिंगापुरमा भाइरल भएको थियो। उनको समाचार सुुन्दा देशका प्रायः मानिसले उनले सामन गरेको दुःखमा भावुक बनेका थिए।
उनलाई अझै बढी सहयोग किन नदिइएको र अझ चासोको कुरा उनी गुमनाम बनेर ३० वर्षसम्म कसरी जीवन व्यतित गरे भन्ने बारेमा धेरैले प्रश्न गरेका छन्।
क्रिसमस ताका सेङलाई केही अधिकारीहरुले रोकेपछि लाइसेन्स बिना व्यापार गरिरहेको खुलासा भएको थियो। महामारीका कारण बजारमा फूल विक्री गर्ने काम गुमाएपछि उनी आफैले उत्पादन गरेको खुर्सानी र हरियो साग सब्जी बेचेका थिए।
० दशमवलब ५५ युरोमा ग्राहकसँग विवाद बढेपछि एक असन्तुष्ट ग्राहकले रिपोर्ट गरेको सेङको विश्वास छ। त्यसैबेला, एक परोपकारी कार्यकर्ता बाटो हिँड्दै थिइन। उनले तरकारी जफत गर्ने अधिकारीहरूले सेङसँग कुरा गरिरहेको देखिन।
सेङको समर्थनमा भिभियन प्यान नाम गरेकी ती युवती प्रहरीसँग रिसाइन्। ‘त्यो दिन उनी रित्तो हात घर फर्किएको म देख्न चाहन्नथे।’ उनले अगाडि थपिन, ‘कानुनको सन्दर्भमा उनीहरुले सडकमा बिक्री गर्न पाउँदैनन्। ’ सो घटनाको भिडियो खिचेर उनले फेसबुकमा पोस्ट गरिन्, जुन केही समयमा नै भाइरल बन्यो। सेङको दुर्दशाले अन्ततः एक स्थानीय संसदकोे ध्यान तान्यो।
सांसद लियाङ सेङ हवाले जोङको कथामा धेरै कुरा लुकेको चाँडै पत्ता लगाए। उनी वास्तवमा ३० वर्षदेखि जंगलमा गुमनाम बसेका रहेछन्।
यसरी पुगे जंगलमा
सेङ आफ्ना परिवारसँगै सुनगेइ तेनगाह गाउँ (क्याम्पोङ्ग) मा हुर्किएका थिए। तर, सन् १९८० को दशकमा अग्ला भवन बनाउन ती क्याम्पोङ्ग ढालिएका थिए। अधिकांशलाई सरकारले नयाँ घर दिएको थियो। तर, सेङ आफ्नो ठाँउ सुरक्षित गर्न असमर्थ भए।
उनका भाइले सरकारी फ्ल्याट प्राप्त गरे र सेङलाई त्यही बस्न आग्रह गरे। परिवारलाई बोझ दिन नचाहेको भन्दै अन्ततः उनी त्यहाँबाट बाहिरिए। कुनै बेला आफ्नो पुरानो घर ठडिएको स्थान नजिकको जंगलमा फर्किएर काठ र बाँसले बनाएको एउटा अस्थायी आश्रयमा बस्न थाले।
आश्रयमा पुग्दा उनले खाना पकाउने खुला आगोको खरानी ढोकासम्म देख्न सक्नु हुन्छ। उनका सामानका थुप्रा आश्रयको मध्यभागसम्म छन्। पालको पछाडिको भागलाई सुत्ने क्षेत्रको रुपमा प्रयोग गरिएको छ।
पाल नजिकैको बगैचामा उनी खाना पकाउँथे। रुखहरुको बीचमा लुगाहरु झुन्ड्याइएका छन् र करेसाबारीलाई चोरबाट जोगाउन बार लगाइएको छ। एक्लोपन कहिल्यै समस्या नभएको उनी बताउँछन्। उनी आफ्नो बगैचाको हेरचाहमा व्यस्त हुन्थे। जंगलमा बस्नुको सबैभन्दा खराब पक्ष मुसा भएको उनको अनुभव छ। उनको आश्रयभित्र पसरे मुसाले लुगामा प्वाल पारिदिन्थे। पाउँदा केही आकस्मिक काम पनि गर्थे।
सप्ताहन्तमा डुंगा चढ्थे
कमाएको केही पैसा छिमेकी इन्डोनेसियाको सानो टापु बाटममा डुंगा तर्न खर्च गर्थे। त्यही जाने क्रममा उनले मेडम टासीसँग भेट भयो। उनको तर्फबाट एउटा छोरी छिन्। सप्ताहन्तमा नियमित बाटम पुगे पनि उनी सिंगापुरको जंगलभित्रको झुपडीमा फर्किन्थे। उनी कसरी बस्छन् भन्ने बारेमा श्रीमति र छोरीलाई पनि थाहा थिएन। कसैले सोध्दा उनी जहिले पनि आफू ‘बगैचामा बसेको’ बताउँथे।
कोभिड महामरीपछि उनको यात्रा रोकियो। सिंगापुरले छिमेकी मुलुकसँगको सीमामा कडाइ गरेको थियो। तर पनि उनले परिवारलाई मासिक ५०० देखि ६०० डलर पठाएर सहयोग गर्थे।
वीवीसको भावानुवाद