फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, लिटरको कति पुग्यो?

File photo
File photo

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ।

निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेल तथा मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको हो। 

यससँगै पेट्रोलको खुद्रा बिक्री मूल्य १४५ र डिजेल र मट्टितेलको १२८ रुपैयाँ कायम भएको निगमले जनाएको छ।

प्रकाशित मिति: : 2022-02-19 21:53:00

प्रतिकृया दिनुहोस्