एमसिसी कसरी बन्यो नेपालका लागि गलपासो?

देशसञ्चार

सञ्चार संवाददाता

काठमाडौँ – मिलिनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसिसी)लाई संसदबाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयले यति बेला नेपालको आन्तरिक राजनीतिमात्रै तरंगित भएको छैन। यसै विषयलाई लिएर विश्वका दुई शक्ति राष्ट्र अमेरिका र चीन पनि आमनेसामाने भएका छन्।

अमेरिकाले यही फागुन १६ गतेभित्र उक्त सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन गराउन दबाब दिइरहेको छ भने चीनले शुक्रबार अमेरिकाको उक्त दबाबको प्रतिरोध गर्ने खुला अभिव्यक्ति दिएको छ।

नेपालको ऊर्जा र सडक सञ्जालको निर्माणका लागि अमेरिकाले पाँच वर्षमा खर्च गर्ने ५५ अर्ब रुपैयाँ अनुदान दिने विषय एमसिसी सम्झौतामा छ।

प्रकाशित मिति: : 2022-02-19 16:15:00

प्रतिकृया दिनुहोस्