यस्तो छ लुम्बिनी प्रदेश सरकारकाे चार वर्षको उपलब्धि

६०० किमी सडक कालाेपत्र, ५९ हजार धारा निर्माण

file photo
file photo

लुम्बिनी प्रदेश सरकार गठन भएको ४ वर्ष वितेको छ। मुकुल संघीयतामा गएपछि ०७४ साल फागुन ३ गते प्रदेश सरकार गठन भएको थियो। त्यसयता प्रदेश सरकारले काम गर्न थालेको ४ वर्ष वितेको छ। यसबीचमा लुम्बिनी प्रदेश सरकारले थुप्रै काम गरेको मुख्य मन्त्री कुलप्रसाद केसी बताउँछन्।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले तयार पारेको चार वर्षको उपलब्धिमा पहिलो उपलब्धिका रुपमा सुशासन तथा भ्रष्टाचार नियन्त्रण र शासकीय सुधारालाई मानिएको छ। सार्वजनिक उपलब्धि अनुसार सुशासन तथा भ्रष्टाचार नियन्त्रण र शासकीय सुधारलाई प्रमुख प्राथमिकतामा राखी प्रदेश सरकारका काम कारबाही सञ्चालित रहेको बताइएको छ।

प्रदेशको अनुगमन तथा मूल्याङ्कन प्रणालीलाई प्रभावकारी बनाउन अनुगमन तथा मूल्याङ्कन दिग्दर्शन, २०७५ तर्जुमा गरी कार्यान्वयनमा ल्याईएको, प्रदेश सरकार र मातहतका निकायहरूको आर्थिक प्रशासनलाई व्यवस्थित, नियमित, मितव्ययी, प्रभावकारी, पारदर्शी बनाउन सार्वजनिक खर्चको मापदण्ड, कार्यविधि र मितव्ययिता सम्बन्धी निर्देशिका तर्जुमा गरी कार्यान्वयन गरिएको सार्वजनिक उपलब्धिमा उल्लेख गरिएको छ।

चारवर्षमा लुम्बिनी प्रदेश सरकारले दोस्रो उपलब्धिका रुपमा जनशक्ति व्यवस्थापनलाई मानेको छ। प्रदेशको प्रशासनिक संरचना व्यवस्थित गरी कार्यरत जनशक्तिको मनोबल उच्च पार्दै कार्यसम्पादनमा जुटाउने उद्देश्यले प्रदेश निजामती सेवा ऐनको मस्यौदा गर्ने कार्यलाई तीव्रता दिइएको प्रदेश सकारकारको दोस्रो उपलब्धि हो।

तेस्रो उपलब्धिका रुमा योजनाबद्ध विकास प्रणाली स्थापना, चौथोमा संगठन संरचना निर्माण र विस्तारलाई उपलब्धि मानेको प्रदेश सरकारले प्रदेश राजधानी घोषणा र स्थानान्तरणलाई पाँचौ उपलब्धिका रुपमा लिएको छ।

चार वर्ष पुगेको अवसरमा ४० वटा उपलब्धि सार्वजनिक गरेको आर्थिक मामिला तथा सञ्चार मन्त्रालयलले भौतिक संरचना निर्माण २२ नम्बरमा राखेको छ। भौतिक संरचनाको निर्माण र विस्तार अन्तरगत सिद्धबाबा क्षेत्रको वैकल्पिक सडकको रुपमा रहेको धागो कारखाना चरङ्गे झुम्सा सडकको २२.५ कि.मी. सडक मध्ये ८ कि.मी. सडकमा स्ट्रक्चरको काम सम्पन्न भएको, २.६५ कि.मी. सडकमा कालोपत्रे भएको उल्लेख गरिएको छ। यस्त करिब ३०० कि.मी. लम्बाइ रहेको प्रदेश गौरवको आयोजना “रामपुर कपुरकोट सडक’’ अन्तर्गत अर्घाखाँची र पाल्पा जिल्लामा करिब १८ कि.मी. सडक खण्डमा कालोपत्रे सम्पन्न भएको, थप ३ कि.मी सडक सम्पन्न हुने अवस्थामा रहेको र जनाइको छ।

चार वर्षमा लुम्बिनी प्रदेश सरकारले सडक कालोपत्र ६ सय ३० कि.मी गरेको छ। यस्तै ८ सय ७५ कि.मी. सडक ग्राभेल, सडक ढलान १५ कि.मी., जनता अवास निर्माण ५ हजार २ सय ३३ वटा, १३ वटा झुलुङ्गे पुल निर्माण, ४३ वटा सडक पुल निर्माण र पार्क निर्माण ५७ वटा गरेको छ।

सहरी विकास तथा खानेपानीतर्फ चार वर्षमा ९ हजार १ सय ५८ कि.मी. खानेपानी पाइपलाईन विस्तार, ७ सय १५ इन्टेक निर्माण, १ सय ९६ डीप बोरिङ निर्माण, १०० लिफ्ट खानेपानी निर्माण गरेको छ। त्यस्तै ४ हजार ९ सय ३१ कि.मी. पाइपलाईन जडान (ट्रान्समिसन, डिष्ट्रिब्युसन), १ हजार ५ सय ८१ ट्याङ्की निर्माण, ५९ हजार ७ सय ७१ धारा निर्माण गरेको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव रविलाल पन्थले जानकारी दिएको छन्। 

५९ हजार ७ सय ७१  धारा निर्माण हुँदा ६४ हजार १६ घरधुरी लाभान्वित भएको र कुल ३ लाख ५३ हजार २ सय ३९ जनसङ्ख्या लाभान्वित भएको पन्थले बताए।

शैक्षिक संस्थाहरूको पूर्वाधार सुधार तथा क्षमता विकास अन्तर्गत हालसम्म विभिन्न विद्यालयहरूमा ९ सय ३७ वटा कक्षाकोठाहरू र १४ वटा छात्रावासहरू निर्माण गरको सार्वजनिक उपलब्धिमा उल्लेख गरिएको छ।

कोभिडको समयमा पि.सि.आर. परीक्षण प्रयोगशाला विस्तार गरी ४ वटा ल्याबबाट १२ पु¥याइएको, ६ वटा अस्पतालको स्तरवृद्धि तथा जनशक्ति व्यवस्थापन गरी प्रदेशका सबै जिल्ला अस्पताल ५० शैया वा सो भन्दा माथिको क्षमतामा सञ्चालन गरिएको,  तालिम केन्द्रको भवन निर्माणका लागि जग्गा प्राप्ति गरी डिपिआर तयार गरिएको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव पन्थले बताए।

प्रकाशित मिति: : 2022-02-19 09:18:00

प्रतिकृया दिनुहोस्