सिंगापुरका प्रधानमन्त्रीले भारतीय सांसदमाथि गरेको टिप्पणीबारे नयाँ दिल्लीको आपत्ति

बिएल संवाददाता

नयाँ  दिल्ली
GETTY IMAGES
GETTY IMAGES

सिंगापुरका प्रधानमन्त्रीले संसदमा भारतीय सांसदमाथि गरेको टिप्पणीबारे भारत सरकारले आपत्ति जनाएको छ।

सिंगापुरका प्रधानमन्त्री ली सिएन लुङले भारतको तल्लो सदन लोक सभाका सांसदहरुले फौजदारी अभियोग सामना गरेको विषयलाई लिएर परराष्ट्र मन्त्रालयले सिंगापुरका राजदूतलाई बोलाएर आपत्ति जनाएको हो।

सिंगापुरका प्रधानमन्त्रीको भनाईलाई भारत सरकारले अस्वीकृत गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। सिंगापुरमा लोकतन्त्रसम्बन्धी संसदीय बहसका क्रममा १५ फेब्रुबरीमा प्रधानमन्त्री लुङले भनेका थिए, ‘सञ्चार माध्यमहरुमा आएअनुसार भारत एउटा यस्तो देश भएको छ जहाँ लोकसभाका झन्डै आधा सांसदहरूमाथि बलात्कार र हत्याको आरोपसहितका आपराधिक मुद्दा विचाराधीन छन्।’

भारतका प्रथम प्रधानमन्त्री पण्डित जहवारलाल नेहरुको विरासतलाई सन्र्दभ दिँदै उनले देशको जग उच्च आदर्श र महान सिद्धान्तले खडा भएको बताएका थिए।

नेहरुलाई उदृत गर्दै प्रधानमन्त्री लुङले अधिकांश देशहरु उच्च भावना र महान सिद्धान्तले सृजना भएको बताएका थिए।

प्रकाशित मिति: : 2022-02-18 08:43:00

प्रतिकृया दिनुहोस्