शनिबार, १२ जुलाई २०२५

एमाले रोल्पाको अधिवेशन मिति तोकियो

बिएल संवाददाता

बिएल संवाददाता

राेल्पा
2022-02-18 07:55:00
Breaknlinks
• • •

नेकपा एमाले रोल्पाको अधिवेशन मिति तय गरिएको छ।

पार्टी प्रचार विभाग सचिवका अनुसार जिल्ला अधिवेशन आगामी फागुन १९ र २० गते त्रिवेणी गाउँपालिकास्थित नुवागाउँमा सम्पन्न हुनेछ।

एमाले रोल्पाको बिहीबार बसेको सचिवालय बैठकले अधिवेशनको नयाँ मिति तय गरेको बताइएको छ। नुवागाउँ अधिवेशनमा उपस्थितिको लागि अध्यक्ष बालाराम बुढाले प्रतिनिधिहरूलाई आग्रह गरेका छन्।

तत्कालीन पार्टी सचिव निमप्रसाद रोकाको निधन भएपछि गत पुस २३ मा हुने भनिएको अधिवेशन रोकिएको थियो।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?