सुनको मूल्य ताेलामा एक हजार रुपैयाँले बढ्याे

File Photo
File Photo

सुनको भाउ बिहीबार प्रतितोलामा एक हजार रुपैयाँको दरले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ कायम भएको छ। यसअघि बुधबार छापावाल सुन तोलाको ९५ हजार १०० रुपैयाँमा  कारोबार भएको थियो।

यसैगरी,बिहीबार तेजावी सुनको भाउ तोलाको ९५ हजार ६०० रुपैयाँ निर्धारण भएको छ। चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ। बुधबार एक हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार २९५ रुपैयाँ निर्धारण भएको छ।
 

प्रकाशित मिति: : 2022-02-17 11:10:00

प्रतिकृया दिनुहोस्