दिक्तेल बजारमा चिल्ड्रेनपार्क निर्माण

File photo
File photo

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारमा चिल्ड्रेनपार्क निर्माण गरिएको छ। व्यावसायिक प्रयोजनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयसँगको साझेदारीमा दिक्तेलको रत्नपार्कमा सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्क निर्माण गरिएको हो। 

भाडावापत मासिक न्यूनतम दुई लाख ९७ हजार राजस्व संकलन गर्ने श्रोतकारुपमा विकास गर्नेगरी दुई तले सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्क निर्माण गरिएको हो।

चार करोड ३७ लाख ८४ हजार ७५१ रुपैयाँ तयार पारिएको सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्क निर्माण मंगलबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल र उपमेयर बिणादेबी राईले उद्घाटन गरेका छन्। निर्माण कम्पनी उमा–लामा–अनशुबी जेभीले ठेक्का लिएको सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्क गत ६ जेठमा शिलान्यास गरिएको थियो। 

सपिङ कम्प्लेक्सको तल्लो तलामा १४ वटा सटर र माथिल्लो तलामा रेष्टुरेण्ट हल, विभिन्न स्टल सञ्चालन गर्न मिल्ने संरचना बनाइएको छ। सपिङ कम्प्लेक्सको माथिल्लो तलाको अगाडिको भागमा बालबालिका खेल्ने स्वीमिङ पुल, कोलम्वस राईड (पिङ), स्वीङराईड लगायतका संरचना तयार पारिएको छ।

सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्कलाई पाँच वर्षका लागि भाडामा दिनका लागि नगरपालिकाले सोमबार न्यूनतम दुई लाख ९७ हजारको ठेक्का आह्वान गरिसकेको छ । चिल्ड्रेनपार्कमा पनि शुल्क तिरेर मात्र मनोरञ्जन लिन पाइनेछ।
 

प्रकाशित मिति: : 2022-02-15 17:18:00

प्रतिकृया दिनुहोस्